महाकाली नदिको बीचमा अड्किएका पुरुषको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

दार्चुला, साउन २— दार्चुला जिल्लाको महाकाली नगरपालिका–४ खलंगास्थित महाकाली नदिको बीचमा अड्किएका एक पुरुषको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

बाँके जिल्लाको समशेरगञ्ज अमेलिया घर भएका ३५ वर्षीय बिक्रम के.सी. नदिको बीच भागमा रहेको ढुंगामा अड्किएको अवस्थामा फेला परेका थिए।

घटना सम्बन्धी जानकारी प्राप्त हुनेबित्तिकै सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण दार्चुलाबाट खटिएको टोलीले उनलाई उद्धार गरेको हो। उद्धार कार्य सशस्त्र प्रहरी उपरीक्षक देवाराज जोशीको कमान्डमा खटिएको विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षाकर्मीहरूको टोलीले सञ्चालन गरेको थियो।

उद्धारपछि उनको मानसिक अवस्था अस्थिर रहेको जनाइएको छ। प्रारम्भिक जानकारी अनुसार, उनी मानसिक सन्तुलन गुमाएको अवस्थामा नदीबीचको ढुंगामा पुगेका थिए।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP