महाकाली नदिको बीचमा अड्किएका पुरुषको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

महाकाली नदिको बीचमा अड्किएका पुरुषको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

दार्चुला, साउन २— दार्चुला जिल्लाको महाकाली नगरपालिका–४ खलंगास्थित महाकाली नदिको बीचमा अड्किएका एक पुरुषको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

बाँके जिल्लाको समशेरगञ्ज अमेलिया घर भएका ३५ वर्षीय बिक्रम के.सी. नदिको बीच भागमा रहेको ढुंगामा अड्किएको अवस्थामा फेला परेका थिए।

घटना सम्बन्धी जानकारी प्राप्त हुनेबित्तिकै सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण दार्चुलाबाट खटिएको टोलीले उनलाई उद्धार गरेको हो। उद्धार कार्य सशस्त्र प्रहरी उपरीक्षक देवाराज जोशीको कमान्डमा खटिएको विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षाकर्मीहरूको टोलीले सञ्चालन गरेको थियो।

उद्धारपछि उनको मानसिक अवस्था अस्थिर रहेको जनाइएको छ। प्रारम्भिक जानकारी अनुसार, उनी मानसिक सन्तुलन गुमाएको अवस्थामा नदीबीचको ढुंगामा पुगेका थिए।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP