धनगढी —कैलाली डिभिजन वन कार्यालय, धनगढीका बरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई रु. ७ लाख ३१ हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ।
चुरे गाउँपालिका–६ मा पर्ने ग्वासी सामुदायिक वनबाट घाटगद्दी गरिएको काठको बिमर्का तथा छोडपूर्जी दिनका लागि सेवाग्राहीसँग घुस मागिएको उजुरीका आधारमा अख्तियार आयोग, कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले यादवलाई नियन्त्रणमा लिएको हो।
पक्राउका बेलामा यादवले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा रहेको रकमसहित डिभिजन वन कार्यालयकै परिसरमा पक्राउ परेका हुन्।
अख्तियारका अनुसार यादवमाथि सार्वजनिक पदको दुरुपयोग गर्दै व्यक्तिगत लाभ लिन खोजेको प्रारम्भिक प्रमाण देखिएको छ र घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको छ। आयोगले घुस लिने सरकारी कर्मचारीलाई कानुनी दायरामा ल्याउने अभियानअन्तर्गत कडा निगरानी जारी राखेको जनाएको छ।
यसअघि पनि काठ तस्करी र वन पैदावारसम्बन्धी कागजात बनाउन घुस माग्ने वन अधिकारीहरूमाथि कारबाही भएका थिए। सरकारी सेवा प्रवाहमा लाचारी र भ्रष्टाचारजन्य कार्य रोक्न आयोगको सक्रियता पछिल्लो समय तीव्र बनेको छ।
काठमाडौं भदौ ३ – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा हुने चोरी–निकास ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!