वैदेशिक रोजगारमा नीलकमल ह्युमन रिसोर्स शीर्ष स्थानमा

काठमाडौं, साउन २ – वैदेशिक रोजगारको क्षेत्रमा उल्लेखनीय सफलता हात पार्दै नीलकमल ह्युमन रिसोर्स प्रा.लि. सन् २०८१/८२ को आर्थिक वर्षमा सबैभन्दा धेरै नेपाली कामदार विदेश पठाउने म्यानपावर कम्पनीको रूपमा शीर्ष स्थानमा उभिन सफल भएको छ।

काठमाडौंको सिनामंगलस्थित उक्त कम्पनीले एक वर्षमा कुल ८ हजार ६७३ जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाएको वैदेशिक रोजगार विभागले जनाएको छ। तीमध्ये ८ हजार ७९ जना पुरुष र ५९२ जना महिला रहेका छन्। विभागद्वारा कामदार पठाउने संख्याको आधारमा सार्वजनिक गरिएको सूचीमा नीलकमल पहिलो स्थानमा छ।

पारदर्शिता, व्यावसायिकता र प्रभावकारी सेवा प्रणालीलाई नीलकमलको सफलताको मूल आधार मानिएको छ। कम्पनीले वैदेशिक रोजगारीको क्षेत्रमा सुरक्षित र मर्यादित सेवा प्रवाह गर्दै हजारौं युवालाई रोजगारीको अवसर प्रदान गर्न सकेको विभागको प्रगति प्रतिवेदनमा उल्लेख छ।

यसैक्रममा प्याराडाइज इन्टरनेसनल प्रा.लि. दोस्रो स्थानमा र एसओएस म्यानपावर सर्भिस प्रा.लि. तेस्रो स्थानमा परेका छन्। वैदेशिक रोजगार विभागले हरेक वर्ष श्रम स्वीकृति लिएका कामदारको तथ्यांकसहित कम्पनीहरूको कार्य सम्पादनको सूची सार्वजनिक गर्दै आएको छ।

 वैदेशिक रोजगार क्षेत्रमा नीलकमलको यो उपलब्धिलाई “सफल अभ्यासको उदाहरण” का रूपमा हेरिएको छ। कम्पनीले आगामी दिनहरूमा पनि सुरक्षित, मर्यादित र व्यवस्थित सेवा दिन आफू प्रतिवद्ध रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP