काठमाडौँ, साउन ७ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) अर्थात् नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्या देवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशको सबै सम्भावना बन्द गर्ने निर्णय गरेको छ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न दुईदिने केन्द्रीय समिति बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा यस्तो निर्णय लिएको हो।
बैठकपछि पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिँदै भने, “अध्यक्ष ओलीको प्रस्ताव बहुमतले पारित भएको छ। पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण नहुने र उहाँलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरिएको हो।”
गौतमले स्पष्ट पारे, “पूर्वराष्ट्रपति राष्ट्रप्रमुख, राष्ट्रिय एकताको प्रतीक र संवैधानिक संरक्षक भएकाले यस्तो गरिमायुक्त पदमा बसेको व्यक्ति पुनः पार्टी राजनीतिमा फर्कनु मुल्यमान्यता र संविधानको भावना विपरीत हुन्छ।”
पूर्वराष्ट्रपति भण्डारीले पछिल्ला दिनमा पार्टी राजनीतिमा पुनः सक्रिय हुने संकेत दिएकी थिइन्। त्यसपछि नेकपा (एमाले) को केन्द्रीय समिति बैठकमा यस विषयमा गम्भीर बहस भएको थियो। अन्ततः पार्टीले उनको राजनीतिक पुनः प्रवेशमा पूर्णविराम लगाउने निर्णयमा पुग्यो।
बैठकमा उपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्ष सुरेन्द्र पाण्डे र स्थायी समिति सदस्य कर्ण थापाले अध्यक्ष ओलीको प्रस्तावप्रति फरक मत राखेका थिए।
ज्ञवालीले भने, “अहिले निर्णय नगरी सचिवालयमा छलफल गरौं।”
पाण्डेले भने, “यो निर्णयले पार्टीलाई दीर्घकालीन नोक्सान पुर्याउन सक्छ, अझ गहिरो छलफल आवश्यक छ।”
स्थायी समिति सदस्य कर्ण थापा बैठकमा बोल्न चाहन्थे, तर अध्यक्ष ओलीले उनलाई रोकेका थिए, जसपछि थापाले आफ्नो असहमति लिखित रूपमा पेश गरेका थिए।
त्यसै बैठकले पार्टी अध्यक्ष ओलीलाई आगामी महाधिवेशनपछि पनि निरन्तरता दिनको लागि बाटो खोल्ने निर्णय समेत गरेको छ। पार्टीको विधानअनुसार अध्यक्षका लागि तोकिएको ७० वर्ष उमेर सीमा र दुई कार्यकालको सिमा हटाउने प्रस्ताव ल्याउने निर्णय गरिएको हो।
यो प्रस्ताव आगामी भदौमा बस्ने विधान महाधिवेशनबाट पारित गरेपछि वैधानिक हुने छ।
मंगलबार काठमाडौंको भंगालस्थित निवासमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “म त यस्तो कुरा सोच्नै सक्दिन, त्यस्तो निर्णय लेख्नै पर्दैन।”
उनको यो अभिव्यक्तिले उनी अझै आत्मविश्वासी रहेको संकेत गर्छ।
तर नेकपा (एमाले) को केन्द्रीय समितिको निर्णयअनुसार अब भण्डारीको पार्टी राजनीतिमा पुनः प्रवेश संविधान, पार्टी निर्णय र संस्थागत मान्यताले पूर्णतः बन्द गरिसकेको छ।
काठमाडौं भदौ ३ – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा हुने चोरी–निकास ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!