गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचारार्थ पोखरामा भव्य साइकल र्याली सम्पन्न

पोखरा, १० बैशाख- पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचारप्रसार तथा धार्मिक–सामाजिक सद्भावको सन्देश दिन आयोजित साइकल र्याली आज विहान भव्य रुपमा सम्पन्न भएको छ।

मानवसेवा फाउण्डेशनको आयोजनामा भएको उक्त र्याली बिरौटा कोटीहोम स्थलबाट सुरू भई लेकसाइड, हल्लनचोक, मालेपाटन, बिन्दवासिनी, भैरवटोल, महेन्द्रपुल, पृथ्वीचोक, नागढुङ्गा, पुरानो एयरपोर्ट लगायतका स्थान हुँदै पुनः कोटीहोम स्थलमै समापन भएको थियो।

सयौं साइकल यात्रीहरूको उत्साहपूर्ण सहभागिता रहेको उक्त र्यालीले पोखराको मुख्य मुख्य सडकमार्गमा धार्मिक, सांस्कृतिक र वातावरणीय चेतनाको सन्देश फैलाएको थियो।

महायज्ञका संकल्पकर्ता विजयकृष्ण मुर्ति महाराजले र्यालीको सफल आयोजनामा सबै सहभागीप्रति धन्यवाद व्यक्त गर्दै भन्नुभयो, “साइकल र्यालीले इन्धन बचत, वातावरण संरक्षण र स्वस्थ जीवनशैलीप्रतिको जनचेतना अभिवृद्धि गरेको छ। साथै यसले पोखरा भ्रमण वर्ष २०२५ लाई सघाउने महत्वपूर्ण योगदान दिएको छ।”

फाउण्डेशनले आगामी दिनमा बैशाख १२ गते मोटरसाइकल र्याली, बैशाख १३ गते ट्याक्सी र्याली, बैशाख १४ गते फेवातालमा डुङ्गा र्यालीबैशाख १६ गते बृहत् कशल यात्रा आयोजना गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ।

यस किसिमका कार्यक्रमले पोखराको धार्मिक पर्यटन, सामाजिक समरसता र हरित विकासमा सशक्त प्रभाव पार्ने विश्वास गरिएको छ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP