पोखरा, बिरौटा ६ वैशाख -अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा बाचिका देबी प्रतिभा हिजो बिहीबार पोखरा बिरौटा स्थित गण्डकी कोटिहोममा आइपुगेकी छन्। उनको आगमनसँगै सोही दिनदेखि धार्मिक कथा प्रवचन कार्यक्रम विधिवत रूपमा सुरु गरिएको छ। देबी प्रतिभाले १४ दिनसम्म प्रतिदिन प्रवचन दिनेछिन्, भने गण्डकी कोटिहोमको कार्यक्रम भने जेठ २६ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका छन्।
देबी प्रतिभालाई स्वागत गर्न पोखरा विमानस्थलमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको थियो। हजारौंको संख्यामा उपस्थित भक्तजनहरूले पुष्पमाला, शंखध्वनि र भक्ति गीतका साथ उनको भव्य स्वागत गरेका थिए। विमानस्थलदेखि कोटिहोमसम्मको यात्रामा भक्तजनहरूले सडक किनारमै उभिएर दर्शन गरेका थिए।
कोटिहोममा आयोजित शुभारम्भ कार्यक्रममा उनले पहिलो दिनको प्रवचन दिँदै धार्मिक आस्था, जीवनको मूल उद्देश्य र आत्मशुद्धिकरणका विषयमा मन्तव्य दिइन्। उनका प्रवचनमा समेटिने संवेदनशीलता, सरल भाषा, र जीवनका उदाहरणहरू श्रोताहरूमा गहिरो प्रभाव पार्ने गरेका छन्।
देबी प्रतिभा विगत दुई दशकदेखि नेपाल, भारत, युरोप र अमेरिका लगायत देशहरूमा कथा प्रवचन गर्दै आइरहेकी छन्। उनले कथा पढ्दिनन्, जीवन बाँचेर कथा सुनाउँछिन्। उनमा शब्दको जादु छ – जसले रुवाउँछ, हसाउँछ, र जीवनप्रति दृष्टिकोण नै फेरिन्छ। पशुपति कोटिहोम लगायतका स्थलमा लाखौंको भीड व्यवस्थापन गर्नुपर्ने अवस्था सृजना गरिसकेकी प्रतिभाको यो दोस्रो नेपाल आगमन हो।
गण्डकी कोटिहोमका प्रमुख प्रेरक बालयोगेश्वर विजयकृष्ण मुर्ति महाराजको पहलमा यो धार्मिक आयोजनाको आयोजना गरिएको हो। आयोजक संस्था मानव सेवा फाउन्डेसन नेपालका अनुसार हरेक दिन बिहान र बेलुकी गरी दुई सत्रमा कथा प्रवचन सञ्चालन हुनेछ। देबी प्रतिभाले वैशाख ५ देखि १४ दिनसम्म कथा प्रवचन दिनेछिन्।
काठमाडौंदेखि भक्तजनको ठूलो समूह पोखरा आइपुगेको छ। तीमध्ये धेरैजसोले देबी प्रतिभाको प्रवचन पहिले पशुपति कोटिहोममा सुनेका थिए। भक्तजनहरूका अनुसार, “उनको वाणी सुनेपछि आत्मा हलुका हुन्छ, हृदय उज्यालो हुन्छ।”
कार्यक्रममा सहभागी भक्तजनहरू उनीसँग दर्शन गरी आशीर्वचन सुनेपछि निकै भावुक देखिए। एक भक्तले भने, “हामी जीवनको सबै काम छाडेर यहाँ आएका छौं – किनकि यो सुन्ने कुरा होइन, अनुभूति गर्ने कुरा हो।”
गण्डकी कोटिहोम कार्यक्रम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ, जसमा अन्य आध्यात्मिक गतिविधिहरू, हवन, आरती, भजनसन्ध्या लगायतका कार्यक्रमहरू समावेश गरिने आयोजकले जनाएका छन्। कथा प्रवचन लगायत अनेकौं धार्मिक कार्यक्रमहरु कोटिहोममा हुनेछन् । बेहुली झै सिङ्गारिएकोछ कोटोहोम यतिबेला ।कोटिहोममा आउनको लागि आयोजकले सबैलाइ चुलो निम्तो दिएकोछ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया