पोखरा, ५ बैशाख –गण्डकी प्रदेशको धार्मिक राजधानी पोखरामा शुक्रबार एउटा अनुपम आध्यात्मिक क्षण साक्षी बन्यो। गण्डकी कोटिहोमको भव्य शुभारम्भ बालयोगेश्वर बिजयकृष्ण मुर्ति जि महाराजको अध्यक्षतामा अत्यन्त श्रद्धामय वातावरणमा सम्पन्न भयो।
हजारौं भक्तजन, समाजसेवी, बटुक, आमाहरू, युवा स्वयंसेवकहरू र विशिष्ट व्यक्तिहरूको उत्साहजनक सहभागिताले पोखरा झन् आध्यात्मिक ऊर्जाले उज्यालिएको देखिन्थ्यो।
कार्यक्रमको सबैभन्दा भावुक क्षण बन्यो बालयोगेश्वर महाराजको उद्घोष—
"जुन माटोमा सेवा पाउँछु, त्यही मेरो तीर्थ हो। म मन्दिर होइन, मन बनाउने यात्रा गर्दैछु।"
यी शब्दहरूले कार्यक्रमको माहोललाई मौन बनाए, र हृदयमा गुञ्जिने आध्यात्मिक तरङ्गहरू फैलिए।
यो कोटिहोम कुनै जात, धर्म वा सम्प्रदायको घेराभित्र छैन। यो सबैका लागि खुला आध्यात्मिक केन्द्र हो, जहाँ आत्मशुद्धि, सेवा र मानवता मूल मन्त्र हुनेछ।
कार्यक्रममा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथावाचिका देवी प्रतिभाले दीप प्रज्वलन गर्दै बटुकहरूसँग पवित्र मन्त्रोच्चारणमा सहभागिता जनाउँदै कोटिहोमको शुभारम्भ गरिन्। अबको १४ दिनसम्म उनि पोखरामा रही कथा वाचन, प्रवचन र आत्मशुद्धिका सत्रहरू सञ्चालन गर्नुहुनेछ।
१० वर्षीया बालकथावाचिका अनुराधा पाण्डेको श्रद्धापूर्ण विदाइ पनि कार्यक्रमको अर्को भावनात्मक क्षण बन्यो। "छोरीघर" र "मामाघर आश्रम"का बालबालिकाहरूले प्रस्तुत गरेको राम भजनमा आधारित नृत्यले ती विदाइ क्षणलाई अविस्मरणीय बनायो।
सेतो वस्त्रले सजिएको मण्डप, सुवासित फूल, सुनौलो प्रकाश, मन्त्रोच्चारण र भजन–प्रवचनले भरिएको वातावरणमा उपस्थित हरेक अनुहारमा श्रद्धा र शान्तिको उजास झल्किरहेको थियो।
कोटिहोमको आगामी ४० दिन ध्यान, आरती, कथा, योग, भजन, बालसंस्कार, महिला सशक्तिकरण, रोग निवारण मन्त्र, चक्रशुद्धि जस्ता गतिविधिहरूमा समर्पित हुनेछ – जहाँ केवल धर्म होइन, मानवता बोल्नेछ।
समापनमा बालयोगेश्वर महाराज पुनः भावुक हुँदै भन्नुभयो,
"यो केवल धार्मिक अनुष्ठान होइन, यो मानवताका लागि अध्यात्मको सन्देश हो। यो युगान्तकारी परिवर्तनको संकल्प हो। आउनुहोस्, हामी सबै मिलेर यो यात्रा सफल बनाऔं।"
गण्डकीको माटोमा सुरु भएको यो यात्रा अब केवल एउटा अनुष्ठान होइन, युगान्तकारी आध्यात्मिक आन्दोलन बन्दैछ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया