सुर्खेतमा राजस्व हिनामिना प्रकरण : सहायक लेखापाल अख्तियारको नियन्त्रणमा

सुर्खेत, चैत २७ | रेड मिडियासुर्खेत उपत्यका नगर विकास समितिमा संकलित राजस्व रकम हिनामिनासँग सम्बन्धित उजुरीका आधारमा अख्तियार दुसुर्खेत, चैत २७ | रेड मिडिया -सुर्खेत उपत्यका नगर विकास समितिमा संकलित राजस्व रकम हिनामिनासँग सम्बन्धित उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले समितिमा कार्यरत सहायक लेखापाल खड्क बहादुर रानालाई नियन्त्रणमा लिएको छ।

२०७६/७७ देखि २०८०/८१ आर्थिक वर्षसम्मको अवधिमा संकलन भएको राजस्व रकम हिनामिना गरिएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतको टोलीले आज मिति २०८१ चैत २७ गते समिताको कार्यालयमै पुगेर रानालाई आवश्यक कागजातसहित नियन्त्रणमा लिएको हो।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार प्रारम्भिक अनुसन्धानका आधारमा नियन्त्रणमा लिइएको र हाल थप अनुसन्धान अगाडि बढाइएको छ। "राजस्व जस्तो संवेदनशील विषयमा अनियमितता भयो भन्ने गुनासो आउनु गम्भीर कुरा हो," प्रवक्ता पौडेलले भने, "प्रमाणित भए कानूनी प्रक्रिया अगाडि बढाइनेछ।"

राजस्व व्यवस्थापनमा देखिएको सम्भावित अनियमितता र त्यसका निहितार्थले स्थानीय तहमा वित्तीय अनुशासन र पारदर्शिता कति कमजोर छ भन्ने प्रश्न उठाएको छ। अख्तियारले यस प्रकरणलाई उच्च प्राथमिकतामा राखेर छानबिन गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP