टोखा-२ मा नेतृत्व, व्यक्तित्व तथा उद्घोषण तालिम सम्पन्न, ३० सहभागीले पाए प्रमाणपत्र

टोखा-२ मा नेतृत्व, व्यक्तित्व तथा उद्घोषण तालिम सम्पन्न, ३० सहभागीले पाए प्रमाणपत्र

काठमाडौं, चैत्र २८ – टोखा नगरपालिका वडा नम्बर २ मा आयोजित सात दिने नेतृत्व, व्यक्तित्व तथा उद्घोषण तालिम आज एक कार्यक्रमका साथ सम्पन्न भएको छ। चैत २२ गतेबाट सुरु भएको तालिम वडा सदस्य अमर डङ्गोलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

टोखा वडा २ भित्रका बासिन्दाहरूलाई लक्षित गरी आयोजित उक्त तालिममा ३० जना सहभागी थिए। तालिममा प्रमुख प्रशिक्षक बिष्णु माया पौडेल र सहायक प्रशिक्षक हेमन्ता भट्टराई रहेका थिए। सहभागीहरूले तालिम अत्यन्तै उपयोगी, प्रेरणादायी र व्यवहारमै लागू गर्न मिल्ने खालको भएको प्रतिक्रिया दिएका छन्।

तालिमको उद्घाटन कार्यक्रम वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले  गरेका थिए भने समापन समारोहमा प्रमाणपत्र वितरण वडा सदस्य अमर डङ्गोलबाट सम्पन्न गरिएको हो।

तालिमको अन्तिम दिन सहभागीहरूले आफैं कार्यक्रम सञ्चालन गर्दै उद्घोषण कला प्रस्तुत गरेका थिए। सिकेका सीपहरूको प्रयोगात्मक अभ्यासले कार्यक्रमको आकर्षण थपेको थियो। सहभागीहरूले अबको चरणमा एड्भान्स उद्घोषण तालिम सञ्चालन गर्न वडा कार्यालयसँग आग्रहसमेत गरेका छन्।

टोखा नगरपालिका वडा नं. २ ले आयोजना गरेको यो तालिमले युवाहरूको आत्मविश्वास, नेतृत्व क्षमता र व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास आयोजक पक्षले जनाएको छ।सो कार्यक्रम वडा-२ को आर्थिक सहयोगमा नव जागरण नेपालले आयोजना गरेको हो।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जय श्रीराम भजनको भव्य भिडियो आज दिउँसो गण्डकी कोटिहोमबाट विश्वभर सार्वजनिक"हुने
10 महिना अगाडि

पोखरा, बिरौटा २६ – हालसम्मकै उच्च लगानीमा निर्माण गरिएको हृदयस्पर्शी राम भजन “जय श्रीराम ...

छुटाउनुभयो कि ?

TOP