पोखरा, कास्की । पोखरा महानगरपालिका–१७ स्थित बिरौटामा सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ। धार्मिक, सांस्कृतिक र सामाजिक चेतनाको अभिवृद्धिका लागि आयोजना गरिएको यस विराट महायज्ञअन्तर्गत कथा प्रवचन कार्यक्रम यही चैत्र २९ गतेदेखि सुरु हुने आयोजकले जनाएका छन्।
महायज्ञको विशेष आकर्षणका रूपमा विश्वकै कान्छि भागवत वाचिका बालविदुषी अनुराधा पाण्डेय भारतबाट नेपाल आउँदैछिन्। मानव सेवा फाउण्डेसन नेपाल, कास्की शाखाका अनुसार, उनले कथा प्रवचनको शुभारम्भ चैत्र २९ गतेबाट गर्ने कार्यक्रम तय गरिएको हो।
कोटिहोम महायज्ञ भने आगामी २०८२ साल वैशाख १७ गतेदेखि विधिवत रूपमा सुरु हुनेछ। महायज्ञको सन्देशलाई समुदायमा फैलाउन विभिन्न प्रचारकार्यहरू तीव्र पारिएको आयोजक समितिले जनाएको छ। हालसम्म र्याली, जनसम्पर्क, पोस्टर वितरण लगायतका गतिविधिहरू जारी छन्, जसमा स्थानीयवासीको सक्रिय सहभागिता उल्लेखनीय देखिएको छ।
धार्मिक आस्थाको पुनर्जागरण, सांस्कृतिक परम्पराको संरक्षण, र सामाजिक एकताको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको यो महायज्ञले स्थानीय मात्र नभई राष्ट्रियस्तरमा पनि सकारात्मक प्रभाव पार्ने आयोजकको विश्वास छ।
२६ वैशाख नयाँ दिल्ली/इस्लामाबाद – भारत र पाकिस्तानबीचको दीर्घकालीन तनाव फेरि युद्धस्तरमा पुगेक ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!