पोखरा, बिरौटा — पोखरा महानगरपालिका–१७, बिरौटामा आगामी दिनमा आयोजना हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको पूर्व सन्ध्यामा आयोजित कार्यक्रमहरूमा भक्तजनहरूको उल्लेखनीय उपस्थिति देखिएको छ।
महायज्ञ स्थल नजिकै प्रगति टोलमा निर्माण गरिएको विशाल पण्डालमा राष्ट्रिय भजन प्रतियोगिता सहित विविध आध्यात्मिक तथा सांस्कृतिक कार्यक्रमहरू निरन्तर सञ्चालनमा छन्। यसै क्रममा प्रत्येक दिनको कार्यक्रममा स्थानीय भक्तजनहरूको सहभागिता झनझन बढ्दै गएको आयोजकले जनाएका छन्।
विशेष आकर्षणको रुपमा भारतको उडिसा राज्यमा लोकप्रिय रहेको सूर्य गुरुकुलका शास्त्रीय कलाकारहरूको सहभागिता रहेको सांगीतिक प्रस्तुति निकै मनछुने बनेको थियो।
त्यस्तै, राष्ट्रिय भजन गायकहरू, लिलामय कलाकारहरूका झाँकीहरू, मानव सेवा फाउण्डेसनका कलाकारहरू तथा सोही संस्थाद्वारा सञ्चालित मामाघर आश्रमका बालबालिकाहरूका विविध प्रस्तुतिहरूले कार्यक्रमलाई झनै आकर्षक बनाएका छन्।
भोलिदेखि सुरु हुने श्रीमद्भागवत कथा प्रवचनमा नेपालकै कान्छी भागवत वाचिका बाल विदुषी अनुराधा पाण्डेयको विशेष प्रवचन रहने कार्यक्रम रहेको छ, जसले महायज्ञको वातावरणलाई अझै आध्यात्मिक ऊर्जा दिने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
पोखरा, बिरौटा २६ – हालसम्मकै उच्च लगानीमा निर्माण गरिएको हृदयस्पर्शी राम भजन “जय श्रीराम ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!