काठमाडौं ।“टिम वर्क राम्रो भए असम्भव केही छैन” भन्ने भनाइलाई चरितार्थ गरिदिएको छ—नेपाल वैदेशिक रोजगार व्यवसायी संघले। लामो समयदेखि साझा सपना बनेको संघको आफ्नै स्थायी कार्यालय भवन निर्माण हालसालै खरिद गरि उद्घाटन गरेकोछ, जसले समग्र व्यवसाय क्षेत्रमै उत्साहको लहर फैलाएको छ।
व्यवसायिहरुको सक्रिय सहभागिता, सबै सदस्यहरूको ऐक्यबद्धता, र नेतृत्वको दृढ इच्छाशक्तिको कारण यो सम्भव भएको हो। व्यवसायीहरूको सामूहिक प्रयास, पारदर्शी व्यवस्थापन र पारस्परिक विश्वासको बलमा संघले अब आफ्नो स्थायी ठेगाना पाएको छ।
भवन निर्माणको अभियान प्रारम्भदेखि नै 'हामी मिलेर सक्छौं' भन्ने आत्मविश्वास जागृत गरिएको थियो। संघका पदाधिकारी, सदस्य, कर्मचारी र शुभेच्छुकहरूको निरन्तर योगदानले यो सपना आज आकार लिन पुगेको छ।
संघका एक पदाधिकारीले भने, “यो भवन केवल भौतिक संरचना मात्र होइन, यो हामी सबैको प्रतिबद्धता, एकता र भविष्यप्रतिको विश्वासको प्रतीक हो।”
भवन उद्घाटनको अवसरमा, विभिन्न व्यवसायीहरूले भने, “यो सफलता टिम वर्कको उत्कृष्ट उदाहरण हो, जसले अरू संस्थाहरूलाई पनि प्रेरणा दिनेछ।”
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया