चर्चामा
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारी तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन केन्द्रीय निर्देशन समितिसहित विभिन्न १५ वटा समिति गठन गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको भदौ १ गतेको बैठकले सभापति गगनकुमार थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको थियो । सोही निर्णयअनुसार महाधिवेशन प्रक्रिया व्यवस्थित बनाउन, विभिन्न समितिबीच समन्वय र सहजीकरण गर्न तथा व्यवस्थापनसम्बन्धी विषयमा आवश्यक निर्णय लिन केन्द्रीय निर्देशन समितिसहित अन्य समिति गठन गरिएको पार्टीले जनाएको छ ।
गठित १५औँ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सभापति गगनकुमार थापा रहेका छन् । समितिमा उपसभापति विश्वप्रकाश शर्मा, पुष्पा भुषाल, महामन्त्री प्रदीप पौडेल, गुरुराज घिमिरे, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, राजेन्द्रकुमार केसी, सुवासकुमार पोख्रेल र सपना राजभण्डारी सदस्य छन् । प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेललाई समितिको सदस्य–सचिव तोकिएको छ ।
महाधिवेशन व्यवस्थापनका लागि आर्थिक व्यवस्थापन समितिको संयोजकमा कोषाध्यक्ष उमेश श्रेष्ठ, सूचना, सञ्चार तथा प्रविधि समितिको संयोजकमा प्रवक्ता देवराज चालिसे, सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिको संयोजकमा उदयशमशेर राणा तथा अतिथि स्वागत समितिको संयोजकमा सहमहामन्त्री डा. डिला संग्रौला पन्तलाई जिम्मेवारी दिइएको छ ।
यस्तै, समारोहस्थल व्यवस्थापन समितिको संयोजकमा काठमाडौं जिल्ला सभापति तथा प्रदेश र स्थानीय तहगत समन्वय समितिको संयोजकमा सहमहामन्त्री बहादुरसिंह लामा तोकिएका छन् ।
ज्येष्ठ महाधिवेशन प्रतिनिधि समन्वय समितिको संयोजकमा सुधीर शिवाकोटी, स्वयंसेवक व्यवस्थापन समितिको संयोजकमा गणेश लामा, भोजन व्यवस्थापन समितिको संयोजकमा तिलक रानाभाट, आवास व्यवस्थापन समितिको संयोजकमा रमेशप्रसाद धमला, स्वास्थ्य समितिको संयोजकमा डा. केदारनरसिंह केसी, यातायात व्यवस्थापन समितिको संयोजकमा विजयबहादुर स्वाँर तथा सांस्कृतिक–साहित्यिक संयोजन समितिको संयोजकमा सीता गुरुङलाई जिम्मेवारी दिइएको छ ।
कांग्रेसले विधान मस्यौदा समितिमा पनि दुई सदस्य थप गरेको छ । केन्द्रीय सदस्य इश्वरी न्यौपाने र अधिवक्ता प्रमिस खनाललाई समितिमा समावेश गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा महाधिवेशनलाई व्यवस्थित, प्रभावकारी र सफलतापूर्वक सम्पन्न गर्न तोकिएको कार्यविवरणअनुसार काम गर्ने गरी समितिहरू गठन गरिएको जनाइएको छ ।
काठमाडौं । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेसँगै महिला कर्मचारीका लागि प्रस्तावित ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!