त्रिपुरेश्वरमा आगजनी भएको बसका चालकको उपचारका क्रममा मृत्यु

त्रिपुरेश्वरमा आगजनी भएको बसका चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा आगजनी भएको बसका चालक २५ वर्षीय अर्जुनदावा लामाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको ऋद्धिसिद्धि यातायातको बसमा त्रिपुरेश्वरमा आगजनी भएको थियो ।

घटना हुनुभन्दा केही मिनेटअघि चालक लामाको ट्राफिक प्रहरीसँग विवाद भएको खुलेको छ ।

आगजनीबाट घाइते भएका लामाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भ्रष्टाचार हटाउन सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री बालेन
4 दिन अगाडि

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दसैँको शुभकामना दिँदै भ्रष्टाचार हटाउन सबै एकजुट हुनुपर्ने बताए ...

छुटाउनुभयो कि ?

TOP