१३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ पाण्डे र अमेरिकामा चिरनजंग थापा

१३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ पाण्डे र अमेरिकामा चिरनजंग थापा

काठमाडौं। सरकारले विभिन्न १३ देशका लागि राजदूत नियुक्तिको सिफारिस गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, चीनसहित १३ मुलुकका लागि राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको हो।

सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, अमेरिकाका लागि चिरनजंग थापा र चीनका लागि डा. कल्याणराज शर्मालाई सिफारिस गरेको छ।

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनुवाइका लागि पठाइनेछ। संसदीय सुनुवाइ सम्पन्न भएपछि सम्बन्धित मुलुकमा एग्रिमो (स्वीकृति) का लागि पठाइने र स्वीकृति प्राप्त भएपछि उनीहरू राजदूत नियुक्त हुनेछन्।

सरकारले बेलायतका लागि पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि सरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई पनि सिफारिस गरेको छ।

परराष्ट्रमन्त्री खनालले विभिन्न क्षेत्रका विज्ञ र अनुभवी व्यक्तिहरूलाई राजदूतका रूपमा सिफारिस गरिएको बताएका छन्। सिफारिसमा परराष्ट्र, सुरक्षा, विकास, श्रम, जलवायु परिवर्तन, शिक्षा तथा समाजशास्त्रलगायत क्षेत्रका विज्ञहरू समेटिएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP