सर्वोच्च अदालतको २० बुँदे कडाइ, सेवाग्राहीलाई एक घण्टामै तारेख र नक्कल

सर्वोच्च अदालतको २० बुँदे कडाइ, सेवाग्राहीलाई एक घण्टामै तारेख र नक्कल

काठमाडौ ।सर्वोच्च अदालतले न्याय सम्पादन प्रक्रियालाई छिटोछरितो, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन कर्मचारीहरूका लागि २० बुँदे आन्तरिक निर्देशन जारी गरेको छ।

निर्देशनअनुसार अदालतमा उपस्थित भएका सेवाग्राहीलाई एक घण्टाभित्रै तारेख तथा मुद्दाको नक्कल उपलब्ध गराउनुपर्नेछ। त्यस्तै, चार वर्ष पुराना मुद्दामा ३० दिनभन्दा बढीको पेसी वा तारेख तोक्न नपाइने व्यवस्था गरिएको छ।

कात्तिक १ गतेदेखि लागू हुने उक्त निर्देशनले अदालतको कामकारबाहीमा ढिलासुस्ती नियन्त्रण गर्ने, इजलासको समय बचत गर्ने तथा न्यायका लागि अदालत धाउने सेवाग्राहीले भोग्दै आएको अनावश्यक झन्झट र सास्ती कम गर्ने लक्ष्य राखेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP