बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्दै अर्थमन्त्री वाग्ले

बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्दै अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि भारतसँग सहयोग मागेका छन्।भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले भारतीय पक्षसँग भेटवार्ता गर्दै बाढीबाट नेपालमा भएको क्षति र पुनर्निर्माणका लागि आवश्यक सहयोगबारे छलफल गरेका हुन्।छलफलमा सडक, पुल, ऊर्जा तथा अन्य महत्वपूर्ण पूर्वाधारमा भएको क्षति र त्यसको पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको बताइएको छ।

भदौ १० गते आएको भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै सडक, पुल, जलविद्युत् आयोजना लगायतका संरचनामा क्षति पुगेको छ। बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि सरकारले विभिन्न निकाय तथा अन्तर्राष्ट्रिय साझेदारसँग सहयोग जुटाउने प्रयास गरिरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

शपथपछि गगन थापालाई विश्वप्रकाशको अँगालो, माला लगाउँदा देखियो रोचक दृश्य
1 हप्ता अगाडि

काठमाडौं । शपथग्रहणपछि नेपाली कांग्रेसका सभापति गगन थापा र नेता विश्वप्रकाश शर्माबीचको आत्मीय भेटले ...

छुटाउनुभयो कि ?

TOP