चर्चामा
तनहुँ । दसैँको फूलपातीका अवसरमा तनहुँको बन्दीपुरस्थित प्रसिद्ध खड्गदेवी मन्दिरमा पूजाआजा गर्ने भक्तजनको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा दर्शन गर्न बन्दीपुरका विभिन्न गाउँ तथा छिमेकी पालिकाबाट भक्तजन पुगेका छन्।
बन्दीपुर गाउँपालिका-४ मा रहेको करिब ६०० वर्ष पुरानो यो मन्दिर धार्मिक आस्था र जातीय सहिष्णुताको प्रतीक मानिन्छ। यहाँ कामी, मगर र बाहुन समुदायका पुजारीले पूजा गराउँदै आएका छन्।
परम्परागत रूपमा नवरात्रका नौ दिन मात्रै खुल्ने गरेको मन्दिर पछिल्ला तीन वर्षदेखि दैनिक रूपमा सर्वसाधारणका लागि खुला गरिएको छ। मन्दिर बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहने प्रमुख पुजारी रामकुमार आलेले जानकारी दिए।
हरेक वर्ष फूलपातीका दिन यहाँ विशेष मेला लाग्ने गर्छ। यस अवसरमा खड्गलाई बन्दीपुर बजारमा शोभायात्रासहित परिक्रमा गराइन्छ, जसमा विभिन्न जातजातिका मानिस सहभागी हुने गरेका छन्।
धार्मिक किंवदन्तीअनुसार भगवान् शिवसँग जोडिएको खड्ग बन्दीपुर डाँडामा आएर खसेपछि खड्गदेवीका रूपमा स्थापना गरिएको विश्वास छ। देवीको दर्शन गरेमा सबल, सक्षम र कुशल बन्ने आशीर्वाद प्राप्त हुने जनविश्वाससमेत रहेको छ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले देश राजनीतिक, आर्थिक तथा सामाजिक संकटमा रहेको निष्कर्षसहित दुई ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!