चर्चामा
काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट र धादिङका करिब *१४ हजार ५०० बालबालिकाको पढाइ प्रभावित* भएको छ।बाढी र पहिरोका कारण यी तीन जिल्लाका *६३ वटा शैक्षिक संस्था* प्रभावित भएका छन्। विद्यालय भवन, कक्षाकोठा तथा विद्यालयसम्म पुग्ने बाटोमा क्षति पुगेपछि विद्यार्थीको नियमित पठनपाठन प्रभावित भएको हो।बाढीका कारण केही विद्यालयमा भौतिक संरचनामा क्षति पुगेको छ भने कतिपय ठाउँमा विद्यार्थी तथा शिक्षक विद्यालयसम्म पुग्न समस्या भएको जनाइएको छ।सम्बन्धित निकायले प्रभावित विद्यालयको अवस्था अध्ययन गरी आवश्यक मर्मत, अस्थायी कक्षा सञ्चालन तथा शैक्षिक गतिविधि नियमित गर्ने तयारी गरिरहेको जनाएको छ।भदौ १० गते आएको भोटेकोशी बाढीले तीन जिल्लामा ठूलो जनधनको क्षति पुर्याउनुका साथै सडक, पुल, जलविद्युत् आयोजना र अन्य भौतिक संरचनामा समेत असर पारेको छ।
काठमाडौं । शपथग्रहणपछि नेपाली कांग्रेसका सभापति गगन थापा र नेता विश्वप्रकाश शर्माबीचको आत्मीय भेटले ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!