भोटेकोशी बाढीपछि सुरुङमा भेटिए ६ शव

भोटेकोशी बाढीपछि सुरुङमा भेटिए ६ शव

काठमाडौं । भोटेकोशी बाढीपछि बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा रासुवामा रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट ६ जनाको शव फेला परेको छ।उद्धार टोलीले सुरुङभित्र खोजी गर्ने क्रममा फलामे संरचनामा अड्किएको अवस्थामा शव फेला पारेको हो। ग्यास कटरलगायत उपकरण प्रयोग गरेर संरचना हटाई शव बाहिर निकालिएको जनाइएको छ।बाढीपछि सुरुङलगायत प्रभावित क्षेत्रमा बेपत्ताको खोजी भइरहेको छ। सुरुङभित्र थप शव हुन सक्ने भएकाले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।भदौ १० गते आएको भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको थियो। बाढीपछि विभिन्न क्षेत्रमा बेपत्ता भएका व्यक्तिको खोजी कार्य अझै जारी छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

शपथपछि गगन थापालाई विश्वप्रकाशको अँगालो, माला लगाउँदा देखियो रोचक दृश्य
1 हप्ता अगाडि

काठमाडौं । शपथग्रहणपछि नेपाली कांग्रेसका सभापति गगन थापा र नेता विश्वप्रकाश शर्माबीचको आत्मीय भेटले ...

छुटाउनुभयो कि ?

TOP