चर्चामा
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक तथा तत्कालीन दशौं तहका कर्मचारी डा. अर्जुन प्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा दायर गरेको आरोपपत्रअनुसार डा. सापकोटाको वैधानिक आम्दानीभन्दा २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ २४ पैसा बढी सम्पत्ति तथा खर्च देखिएको छ।
अख्तियारका अनुसार २०५३ साउन २५ देखि २०८० माघ ३० गतेसम्मको अवधिलाई अनुसन्धानको आधार मानेर गरिएको आय–व्यय विश्लेषणमा डा. सापकोटाले ३ करोड ३५ लाख ७७ हजार २६० रुपैयाँ ३४ पैसा वैधानिक आम्दानी गरेको देखिएको छ।
तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सवारी साधन, शेयर, कर्जा भुक्तानी, बीमा, अध्ययन, विदेश भ्रमणलगायत विभिन्न शीर्षकमा ५ करोड ३९ लाख ७१ हजार ८७५ रुपैयाँ ५८ पैसा खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ।
आयोगका अनुसार कुल आम्दानीबाट कुल खर्च तथा लगानी घटाउँदा २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ २४ पैसा बराबरको रकमको वैधानिक स्रोत पुष्टि हुन सकेन। उक्त रकम बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको निष्कर्षसहित मुद्दा दायर गरिएको हो।
अख्तियारले सार्वजनिक पदमा रहँदा पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको, अस्वाभाविक तथा अमिल्दो जीवनशैली अपनाएको तथा सम्पत्ति विवरणमा वास्तविक विवरण नदेखाई झुट्टा विवरण पेश गरेको आरोप लगाएको छ।
आयोगले डा. सापकोटाविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम कैद, जरिवाना तथा गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफतको माग गरेको छ।
यस्तै, डा. सापकोटाकी श्रीमती निरजा पण्डितको नाममा रहेको स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।
काबुल । अन्तर्राष्ट्रिय सहायता घट्दै जाँदा र खाद्यान्नको मूल्य बढेपछि अफगानिस्तानमा भोकमरी र कुपोषणक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!