भोटेकोशी बाढीको कहर: मृतक संख्या १,१२७ पुग्यो, ४,८५८ अझै बेपत्ता

भोटेकोशी बाढीको कहर: मृतक संख्या १,१२७ पुग्यो, ४,८५८ अझै बेपत्ता

काठमाडौं। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार १ सय २७ पुगेको छ। बुधबार बिहान ५ बजेसम्मको विवरणअनुसार विभिन्न जिल्लामा बगाएर पुर्‍याएका शव फेला पर्ने क्रम जारी रहेको नेपाल प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार रसुवामा ४५, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० तथा भारतमा ९ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये १ हजार १ सय १३ जनाको लासजाँच मुचुल्का सम्पन्न गरिएको छ भने ९५ शव आफन्तलाई बुझाइएको छ। 

पहिचान खुल्न नसकेका ९ सय ११ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ। शवको सनाखतका लागि प्रहरीले आफन्त तथा सरोकारवालासँग सहयोगको अपिल गरेको छ।

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। प्रभावित क्षेत्रबाट ६ हजार ५ सय ४१ जनाको उद्धार गरिएको छ भने अझै ४ हजार ८ सय ५८ जना बेपत्ता रहेका कारण खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। 

भोटेकोशी क्षेत्रमा गत सातादेखि जारी विपत्तिले रसुवादेखि चितवन र नवलपरासीसम्मका नदी तटीय क्षेत्रहरूमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बाढीमा बेपत्ता भएकाहरूको खोजी, राहत तथा पुनर्स्थापनाको कार्य अझै जारी रहेको छ। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एलपी ग्यास उद्योगीप्रति मन्त्रीको अभिव्यक्तिमा संघको आपत्ति
6 घण्टा अगाडि

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...

छुटाउनुभयो कि ?

TOP