मकवानपुर-१ बाट १८ वर्षीया अभिप्सा पौडेल कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

मकवानपुर-१ बाट १८ वर्षीया अभिप्सा पौडेल कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

हेटौँडा।मकवानपुर क्षेत्र नम्बर-१ बाट १८ वर्षीया अभिप्सा पौडेल नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्। हेटौँडा-९ निवासी पौडेलले आफूलाई मतदान गर्ने सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, पार्टीका अग्रज तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेकी छन्।

राजनीतिक परिवारमा हुर्किएकी पौडेलले १८ वर्षको उमेरमै महाधिवेशन प्रतिनिधि बन्न पाउनुलाई नेपाली कांग्रेसमा नयाँ पुस्ताको प्रवेश र राजनीतिक पुस्तान्तरणको सुरुवातका रूपमा लिएकी छन्। उनले आफ्नो यो राजनीतिक यात्रामा दिवंगत आमाको संस्कार र बुबाको निरन्तर साथबाट ठूलो प्रेरणा मिलेको बताएकी छन्।

युवाको ऊर्जा र महिलाको नेतृत्वलाई बलियो बनाउँदै मकवानपुरको विकास र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै पौडेलले यो विजयलाई केवल पदका रूपमा नभई ठूलो जिम्मेवारीका रूपमा स्वीकारेको उल्लेख गरेकी छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

दशैँ सकेर काठमाडौं फर्किनेको चाप बढ्यो, नाकामा भिडभाड
2 घण्टा अगाडि

काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...

छुटाउनुभयो कि ?

TOP