कपनमा संगीता शाहको शंकास्पद मृत्यु, पोस्टमार्टम रिपोर्ट नआएसम्म शव नबुझ्ने परिवारको अडान

कपनमा संगीता शाहको शंकास्पद मृत्यु, पोस्टमार्टम रिपोर्ट नआएसम्म शव नबुझ्ने परिवारको अडान

काठमाडौं । काठमाडौंको कपनमा डेरा गरी बस्ने जाजरकोटकी संगीता शाहको शंकास्पद मृत्यु भएको घटनामा परिवारले पोस्टमार्टम रिपोर्ट नआएसम्म शव नबुझ्ने अडान लिएको छ।संगीता गत असोज ११ गते आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले आत्महत्या दुरुत्साहनको आरोपमा जाजरकोटको भेरी नगरपालिका-४ रानीगाउँका साजन विकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले पोस्टमार्टमको पूर्ण रिपोर्ट आएपछि घटनाको प्रकृति थप स्पष्ट हुने बताएका छन्।
यता मृतकका ससुरा शेरबहादुर राउतले घटना आत्महत्या नभई हत्या हुनसक्ने आशंका व्यक्त गरेका छन्। झ्यालमा डोरी लगाएर आत्महत्या गर्न सम्भव नदेखिएको भन्दै उनले सत्यतथ्य बाहिर नआएसम्म शव नबुझ्ने बताएका छन्।

प्रहरीका अनुसार संगीता र साजनबीच पुरानो चिनजान रहेको र उनीहरूबीच विवाद हुने गरेको खुलेको छ। घटना भएको दिन साजन संगीताको कोठामा पुगेको र उनी निस्किएपछि संगीता मृत अवस्थामा भेटिएको बताइएको छ। घटना आत्महत्या वा हत्या के हो भन्ने विषयमा पोस्टमार्टम रिपोर्ट तथा थप प्राविधिक अनुसन्धानबाट टुंगो लाग्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP