चर्चामा
पेरिस । विद्यालयमा विद्यार्थीको चाप, शिक्षक अभाव तथा जीर्ण भवनलगायतका समस्याको विरोधमा फ्रान्सभर सुरु भएको विद्यार्थी आन्दोलन चर्किएको छ। बिहीबार विभिन्न सहरमा विद्यार्थीहरूले विद्यालयका प्रवेशद्वार अवरुद्ध गर्नुका साथै फोहोरका डब्बामा आगो लगाएका थिए। फ्रान्सको गृह मन्त्रालयका अनुसार सो दिन मात्रै १ हजार ९४९ जना प्रदर्शनकारी पक्राउ परेका छन् भने प्रदर्शनका क्रममा ३०५ जना प्रहरी घाइते भएका छन्।
फ्रान्सभरका करिब ३ हजार ७०० उच्च माध्यमिक विद्यालयमध्ये १ हजार २७ वटा विद्यालय आन्दोलनबाट प्रभावित भएको मन्त्रालयले जनाएको छ। तीमध्ये २२२ विद्यालयका प्रवेशद्वार विद्यार्थीहरूले अवरुद्ध गरेका थिए। पेरिस क्षेत्रमा मात्रै करिब ५० विद्यालयमा हिंसा, झडप र तोडफोडका घटना भएको बताइएको छ। केही स्थानमा विद्यालयका प्रधानाध्यापक तथा कर्मचारीमाथि समेत आक्रमण भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
विद्यार्थीहरूले विद्यालयको समयतालिका, कक्षाकोठाको आकार, शिक्षक अभाव, विद्यालय भवनको अवस्था, शौचालय, पानी तथा क्यान्टिनको सुविधालगायत विषय उठाएका छन्। गर्मीयाममा कक्षाकोठा अत्यधिक तात्ने समस्यासमेत उनीहरूको मुख्य मागमा परेको छ। यस आन्दोलनमा विश्वविद्यालयका विद्यार्थीसमेत सहभागी भएका छन्। विद्यार्थी संगठनका अनुसार बिहीबार करिब ३० वटा विश्वविद्यालयका क्याम्पस प्रवेशद्वारसमेत अवरुद्ध गरिएको थियो।
यसैबीच, आन्दोलनका क्रममा भएको हिंसामा कट्टरपन्थी वामपन्थी समूहको संलग्नता रहेको सरकारको दाबी छ। वामपन्थी पार्टी ला फ्रान्स इन्सुमिज (एलएफआई) ले भने उक्त आरोप अस्वीकार गरेको छ। आन्दोलनका क्रममा तीन विद्यार्थीमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लागेपछि गृह मन्त्रालयले घटनाबारे आन्तरिक अनुसन्धानसमेत सुरु गरेको जनाएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!