चर्चामा
काठमाडौं । यस वर्षको बडादशैँ आउन अब ९ दिन मात्रै बाँकी छ। दशैँको मुख्य दिन विजयादशमीको टीका कात्तिक ४ गते परेको छ भने दशैँको औपचारिक सुरुवात हुने घटस्थापना असोज २५ गते परेको छ।
घटस्थापनाका दिन घरघरमा जमरा राखेर दशैँ सुरु हुनेछ। त्यसपछि असोज ३१ गते फूलपाती, कात्तिक १ गते महाअष्टमी र कात्तिक ३ गते महानवमी मनाइनेछ। कात्तिक २ गते कुनै तिथि परेको छैन।
कात्तिक ४ गते विजयादशमीका दिन मान्यजन तथा आफन्तबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्परा छ। दशैँ नजिकिएसँगै अहिले घरघरमा सरसफाइ, किनमेल तथा गाउँघर फर्किने यात्राको तयारीसमेत सुरु भएको छ। यस वर्ष दशैँ केही ढिलो परेकाले तिहार र छठ पर्व पनि अघिल्ला वर्षको तुलनामा ढिलो परेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार भाइटीका कात्तिक २५ गते र छठ पर्व कात्तिक २९ गते परेको छ।
काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!