रातु नदीको बाँध भत्किएपछि जलेश्वर जलमग्न

रातु नदीको बाँध भत्किएपछि जलेश्वर जलमग्न

धनुषा। महोत्तरीमा रातु नदीको बाँध भत्किएपछि जिल्ला सदरमुकाम जलेश्वर जलमग्न भएको छ। बलवा नगरपालिकाको वन्चौरी तथा महोत्तरी गाउँपालिकाको गोरीगमा र मडै बस्ती नजिक तीन ठाउँमा बाँध भत्किँदा बाढीको पानी जलेश्वर बजार क्षेत्रमा पसेको हो।

मंगलबार भत्किएको बाँधबाट निरन्तर पानी झर्दै गएपछि बुधबार साँझदेखि जलेश्वरमा पानी पस्न थालेको थियो। निकासको उचित व्यवस्था नहुँदा बिहीबार बजार क्षेत्र थप डुबानमा परेको छ।

जलेश्वर-१ नगरपालिकाचोकदेखि हटिया क्षेत्रसम्म सडकमा पानी जमेको छ। बाढीले महोत्तरी गाउँपालिकाका रतबारा, मडै र गोरीगमा तथा जलेश्वरका छोट्का रतबारा, बजराही र धवौलीमा धानबालीमा क्षति पुर्‍याएको छ।

स्थानीयका अनुसार हरेक वर्ष यिनै स्थानमा बाँध भत्किने गरेको छ। बाढीका कारण यातायात तथा पैदल आवतजावतसमेत प्रभावित भएको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भत्किएको बाँध तत्काल मर्मत गर्ने र जलेश्वरको पुछारतर्फ पानी निकासको व्यवस्था गर्ने काम भइरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP