सुनकोशी र बुढीगण्डकीमा जलसतह सतर्कता तहभन्दा माथि, तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह

सुनकोशी र बुढीगण्डकीमा जलसतह सतर्कता तहभन्दा माथि, तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह

काठमाडौं।सुनकोशी नदीको सिन्धुलीस्थित खुर्कोट र बुढीगण्डकी नदीको गोरखास्थित आरुघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ।
बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको सूचनाअनुसार दुवै नदीमा जलसतह बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाले नदी किनारका बस्ती, खेतीयोग्य जमिन तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहने, अनावश्यक रूपमा नदी आसपास नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी सूचनाको पालना गर्न अनुरोध गरेको छ।

लगातारको वर्षापछि विभिन्न नदी तथा खोलामा बहाव बढ्ने क्रम जारी रहेकाले सम्भावित बाढीजन्य जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत आग्रह गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एलपी ग्यास उद्योगीप्रति मन्त्रीको अभिव्यक्तिमा संघको आपत्ति
6 घण्टा अगाडि

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...

छुटाउनुभयो कि ?

TOP