रसुवा बाढी : मृत्यु १ हजार नाघ्यो, करिब ४ हजार अझै सम्पर्कविहीन

रसुवा बाढी : मृत्यु १ हजार नाघ्यो, करिब ४ हजार अझै सम्पर्कविहीन

काठमाडौं। रसुवा केन्द्रबिन्दु भएर आएको विनाशकारी बाढी तथा त्यसपछिको विपद्मा मृत्यु हुनेको संख्या १ हजार ३ जना पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले मंगलबार दिउँसो १ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार करिब ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेका छन्।

प्राधिकरणका अनुसार हालसम्म ११ हजार ८८४ जनाको उद्धार गरिएको छ। घाइतेको संख्या २७९ पुगेको छ भने २१ हजार ३१४ सुरक्षाकर्मी खोज, उद्धार तथा राहत कार्यमा परिचालन गरिएका छन्।

सबैभन्दा बढी शव चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६ र नवलपरासी पश्चिममा १७० फेला परेका छन्। रसुवामा ४१, नुवाकोटमा ९५, धादिङमा ५७, गोरखामा ६५ र तनहुँमा ३८ शव फेला परेको प्राधिकरणले जनाएको छ।
सम्पर्कविहीनमध्ये नुवाकोटका करिब १ हजार ५५८, जलविद्युत् आयोजनासँग सम्बन्धित ६३९, विदेशी नागरिक ५८३ तथा विदेशीसँग यात्रा गरिरहेका नेपाली १६४ जना रहेका छन्।

राहत तथा उद्धारका लागि हालसम्म ३७ ट्रक र ३७ बोलेरोमार्फत खाद्यान्न तथा अत्यावश्यक सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरबाट पनि निरन्तर राहत ढुवानी भइरहेको छ।
सरकारले रसुवा र नुवाकोटलाई १०/१० करोड रुपैयाँ, धादिङलाई ५ करोड रुपैयाँ राहत सहयोग उपलब्ध गराएको छ भने प्रभावित १५ स्थानीय तहलाई थप ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको छ।

प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा सञ्चार सेवा क्रमशः सामान्य बन्दै गएको छ। नेपाल टेलिकमका क्षतिग्रस्त ११० वटै टावर सञ्चालनमा आइसकेका छन् भने एनसेलका ७८ मध्ये ७५ टावर पुनः सञ्चालन भएका छन्।
विपद्पछि बेपत्ता भएका, उपचाररत तथा उद्धार गरिएका व्यक्तिहरूको विवरण अद्यावधिक गर्ने कार्य जारी रहेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एलपी ग्यास उद्योगीप्रति मन्त्रीको अभिव्यक्तिमा संघको आपत्ति
5 घण्टा अगाडि

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...

छुटाउनुभयो कि ?

TOP