चर्चामा
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी असोज २२ गतेका लागि बोलाएको सभा बैठकप्रति विश्वविद्यालयसँग सम्बद्ध प्राध्यापक, कर्मचारी तथा विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन्।
असोज १५ गते जारी संयुक्त प्रेस विज्ञप्तिमार्फत उनीहरूले त्रिविको सभा बैठक बोलाउने प्रक्रियामाथि प्रश्न उठाएका हुन्। त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० मा बैठक बस्ने मितिभन्दा कम्तीमा १५ दिनअघि सदस्यहरूलाई सूचना, कार्यसूची र प्रस्ताव उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको उनीहरूको दाबी छ।
तर असोज २२ गते बैठक बोलाइए पनि हालसम्म वैधानिक सभासद्हरूलाई औपचारिक रूपमा आवश्यक सूचना तथा कार्यसूची उपलब्ध नगराइएको उनीहरूले बताएका छन्। यसअघि त्रिविका प्रवक्ताले भने असोज २२ गतेको सभाले नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्ने बताएका छन्।
प्राध्यापक, कर्मचारी र स्ववियु प्रतिनिधिहरूको सहभागितालाई बेवास्ता गरेर बैठक अघि बढाउन खोजिएको भन्दै संगठनहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले वैधानिक सभासद्हरूको उपस्थितिबिना गरिने निर्णय वा बैठकले कानुनी मान्यता नपाउने दाबी गरेका छन्।
नियम र प्रक्रिया पालना नगरी बैठक सञ्चालन गर्न खोजिए त्यसबाट उत्पन्न हुने सम्पूर्ण जटिलता र परिणामको जिम्मेवारी त्रिवि पदाधिकारीहरूले लिनुपर्ने उनीहरूको चेतावनी छ।
यसैबीच, लामो समयदेखि रोकिएको त्रिवि सभा बैठकबाट नीति तथा कार्यक्रम, वार्षिक बजेट र विद्यार्थीको ग्रेसलिस्टलगायत विषय अघि बढाउने तयारी रहेको त्रिविले जनाएको छ।
काठमाडौं । प्रतिनिधि सभाले तीन वटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। बिहीब ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!