नागढुंगामा बसबाट भन्सार छलीका सामान बरामद

नागढुंगामा बसबाट भन्सार छलीका सामान बरामद

काठमाडौं । प्रहरीले चन्द्रागिरि नगरपालिका-२ स्थित सुरुङमार्गको चेकपोस्टबाट भन्सार छलीका विभिन्न सामान बरामद गरेको छ।

बिहीबार बिहान वीरगन्जबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बसको डिक्कीमा बिलबिजकबिनाका सामान फेला परेपछि प्रहरीले बरामद गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बा.प्र.०३-००१ ख ३४९३ नम्बरको बसबाट १५ बोरा विभिन्न कम्पनीका घडी, ४ कार्टुन अमूल चिज, ३ कार्टुन अमूल क्रिम र १ कार्टुन मिल्किस्ट बिस्कुट बरामद गरिएको हो।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले चेकजाँचका क्रममा उक्त सामान फेला पारेको जनाएको छ।

बरामद सामान आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP