दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। बिहीबार काठमाडौं जिल्ला अदालतले साइबर ब्युरोलाई प्रसाईंमाथि थप एक दिन अनुसन्धान गर्न अनुमति दिएको हो।

प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। प्रसाईंलाई असार १२ गते साइबर ब्युरोले पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रहरीले उनीमाथि विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।

प्रसाईंले युट्युबमार्फत सांसद खतिवडालाई लक्षित गर्दै उनका छोराको शवसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेको आरोपमा उजुरी परेको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP