चर्चामा
जनकपुरधाम । धनुषामा बिजुलीको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका-९ औराहा टोलका ३२ वर्षीय श्रवण साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
छिमेकीको घरमा विद्युत् बिग्रिएपछि मर्मत गरिदिन आग्रह गरेपछि साह पोलमा चढेका थिए। मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालले जानकारी दिए।
करेन्ट लागेर गम्भीर घाइते भएका साहको मृत्यु भएको हो। उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी असोज २२ गतेका लागि बोलाएको सभा बैठकप्रति विश्वविद्यालयसँग ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!