चर्चामा
काठमाडौं । प्रतिनिधि सभाले तीन वटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३', 'नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३' र ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक, २०८३’ लाई सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
उक्त प्रस्ताव प्रतिनिधि सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो।
बैठकमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पनि पेस गरिन्।
त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले 'संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३' सभामा पेस गरे।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको घोषणा गरेका छन्।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी असोज २२ गतेका लागि बोलाएको सभा बैठकप्रति विश्वविद्यालयसँग ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!