काठमाडौंमा ‘एनडीटीभी अन्वीक्षा : सीमापार विचार’ संवाद शृङ्खला हुँदै

काठमाडौंमा ‘एनडीटीभी अन्वीक्षा : सीमापार विचार’ संवाद शृङ्खला हुँदै

एनडीटीभी वर्ल्डले आगामी ११ भदौमा काठमाडौंबाट ‘एनडीटीभी अन्वीक्षा : सीमापार विचार’ नामक संवाद शृङ्खला सुरु गर्ने भएको छ। नेपाल र भारतसँग सम्बन्धित विविध समसामयिक विषयमा केन्द्रित रहने उक्त कार्यक्रमले दुवै देशबीचको सम्बन्ध र क्षेत्रीय मुद्दामाथि बहस गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागिता रहनेछ। संवादमा रवि लामिछाने, गगन थापा, स्वर्णिम वाग्ले, शिशिर खनाल, शशि थरुर र नवीन श्रीवास्तवसहित विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी हुने जनाइएको छ।

उक्त संवाद शृङ्खलामा नेपालको राजनीति, अर्थतन्त्र, भारतसँगको सम्बन्ध तथा क्षेत्रीय राजनीतिका विषयमा विशेष छलफल हुनेछ। साथै व्यापार, प्रविधि, पर्यटन, पूर्वाधार, वातावरण र युवाका अपेक्षाजस्ता समसामयिक विषयलाई पनि संवादको मुख्य एजेन्डा बनाइने बताइएको छ।

नेपालको बदलिँदो राजनीतिक र आर्थिक परिवेश तथा दक्षिण एसियाली क्षेत्रीय सहकार्यका विषयमा बहस गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको यो संवाद शृङ्खलालाई चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP