चर्चामा
काठमाडौं। सशस्त्र प्रहरी बलले पश्चिम नवलपरासीबाट करिब ८० लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध मोबाइल पार्टस् बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सेमरीले बुधबार राति करिब ११:५५ बजे बर्दघाट नगरपालिका–४ स्थित झाडीमा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त सामान बरामद गरेको जनाएको छ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी निरीक्षक जगनाथ पौडेलको नेतृत्वमा खटिएको टोलीले खोजतलास गर्दा करिब ८० लाख ३० हजार रुपैयाँ बराबरका मोबाइल पार्टस् फेला पारेको हो। बरामद सामग्रीमा मोबाइल ब्याट्री, टेम्पर्ड ग्लास, एयरबड, स्मार्ट वाच तथा स्पिकरलगायतका सामान रहेका छन्।
सशस्त्र प्रहरीले बरामद सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको जनाएको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
काठमाडौं । शपथग्रहणपछि नेपाली कांग्रेसका सभापति गगन थापा र नेता विश्वप्रकाश शर्माबीचको आत्मीय भेटले ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!