संविधान दिवस आज, देशभर विविध कार्यक्रम

संविधान दिवस आज, देशभर विविध कार्यक्रम

काठमाडौं । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ। संघ, प्रदेश र स्थानीय तहका सरकार, विभिन्न राजनीतिक दल, गैरसरकारी संस्था, नागरिक समाज तथा निजी क्षेत्रले पनि दिवसका अवसरमा कार्यक्रम सञ्चालन गरेका छन्। विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा समेत संविधान दिवस मनाइँदैछ।

नेपालको संविधान २०७२ साल असोज ३ गते संविधानसभाबाट जारी भएको थियो। सोही दिन तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट संविधान जारी भएको घोषणा गरेका थिए।

३५ भाग, ३०८ धारा र ९ अनुसूची रहेको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व तथा धर्मनिरपेक्षतालाई संस्थागत गरेको छ।

संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा सरकारले संविधानको कार्यान्वयन, लोकतान्त्रिक प्रणालीको सुदृढीकरण र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सर्वोच्च अदालतको २० बुँदे कडाइ, सेवाग्राहीलाई एक घण्टामै तारेख र नक्कल
1 हप्ता अगाडि

काठमाडौ ।सर्वोच्च अदालतले न्याय सम्पादन प्रक्रियालाई छिटोछरितो, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन ...

छुटाउनुभयो कि ?

TOP