काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले एक वर्षअघि आजकै दिन भएको घटना राष्ट्रको इतिहासमा पीडादायी अध्याय बनेको बताएकी छन्।
उनले ‘जेन्जी’ आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको उल्लेख गर्दै सुशासनबिना संसद्को दुईतिहाइ बहुमतले समेत राजनीतिक स्थिरता दिन नसक्ने बताइन्।
कार्कीले राजनीतिक स्थायित्व संसदीय गणितभन्दा पनि शासकको चरित्र र कार्यशैलीमा निर्भर हुने धारणा राख्दै सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकार प्रभावकारी रूपमा अघि बढ्नुपर्ने बताएकी छन्।
उनले भविष्यमा जनता सुशासन र परिवर्तनका लागि पुनः सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन सबैले इमानदार, जिम्मेवार र चनाखो भएर आफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिइन्।
कार्कीले एक वर्षअघिको घटनालाई स्मरण गर्दै त्यस्तो दिन फेरि कहिल्यै दोहोरिन नहुने बताएकी छन्।
उद्योगमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री बालेन शाहसमक्ष र ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!