कोलम्बियाको आर्मेनियामा बस्ने ६७ वर्षीया मिर्यामले छिमेकका गफ सुनेर त्यसलाई आम्दानीको स्रोत बनाएकी छन्। घरबाहिर बसेर छिमेकमा के भइरहेको छ भन्ने टिपोट गर्ने मिर्यामले ग्राहकलाई नयाँ गसिप सुनाएबापत सामान्यतया ५ हजारदेखि १० हजार कोलम्बियन पेसो लिने गर्छिन्।तर संवेदनशील वा गोप्य जानकारीका लागि भने उनको शुल्क निकै महँगो हुन्छ। उनले एउटा गोप्य कुरा बाहिर नल्याउन मात्रै ७ लाख कोलम्बियन पेसोसमेत पाएको दाबी गरेकी छन्।मिर्यामका अनुसार उनको यही अनौठो ‘गसिप व्यवसाय’बाट कमाएको पैसाले दुईवटा घरसमेत किनेकी छन्। यही कारण उनी अहिले आफ्नो क्षेत्रमा ‘क्विन अफ गसिप’ अर्थात् गफकी रानीका रूपमा चर्चित छिन्।रोचक कुरा त के छ भने, मिर्याम आफूले सुनेको कुरा जथाभावी फैलाउँदिनन्। कुनै कुरा सुनाउनुअघि त्यसको प्रमाण सुनिश्चित गर्ने गरेको उनको दाबी छ।
उद्योगमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री बालेन शाहसमक्ष र ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!