चितवनमा बाढीपछि ३६२ शव फेला, ६८ आफन्तको डीएनए नमूना संकलन

चितवनमा बाढीपछि ३६२ शव फेला, ६८ आफन्तको डीएनए नमूना संकलन

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी किनारमा फेला परेका शवको पहिचान तथा व्यवस्थापनको काम जारी छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हालसम्म ३६२ शव फेला परेका छन्।
फेला परेका शवमध्ये ३३३ शवको व्यवस्थापन गरिएको छ भने १४ शवको सनाखतपछि आफन्तको जिम्मा लगाइएको छ।

वैज्ञानिक विधिबाट शव पहिचान गर्न प्रहरीले भदौ १६ गतेदेखि आफन्तको डीएनए नमूना संकलन सुरु गरेको हो। प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार भदौ २० गतेसम्म हराइरहेका व्यक्तिका ६८ जना आफन्तको डीएनए नमूना संकलन गरिएको छ।

प्रहरीका अनुसार भदौ १६ गते सात पुरुष, १७ गते २६ जना, १८ गते २२ जना, १९ गते सात जना र २० गते छ जनाको नमूना संकलन गरिएको हो। नमूना संकलन गरिएकामध्ये नेपाली नागरिकसँगै भारतीय नागरिक पनि छन्।

प्रहरीले शव पहिचान, हराइरहेका व्यक्तिको विवरण संकलन, आफन्तको डीएनए परीक्षण तथा खोजी र समन्वयको कामलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP