भोटेकोशी बाढीको क्षति ४ खर्ब पुग्ने प्रारम्भिक अनुमान, पुनःस्थापनाका लागि ८ अर्ब आवश्यक

भोटेकोशी बाढीको क्षति ४ खर्ब पुग्ने प्रारम्भिक अनुमान, पुनःस्थापनाका लागि ८ अर्ब आवश्यक

काठमाडौं। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट करिब ४ खर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोगअन्तर्गत तयार गरिएको र्यापिड डिजास्टर निड्स एसेसमेन्ट (आरडीएनए) ले यस्तो अनुमान सार्वजनिक गरेको हो।

प्रारम्भिक अध्ययनअनुसार उद्धार, राहत तथा तत्कालीन व्यवस्थापनका लागि आगामी ६ महिनाभित्र करिब ८ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ।

बाढीपछिको वास्तविक क्षति, नोक्सानी तथा पुनःनिर्माणको आवश्यकता यकिन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट को संयोजकत्वमा समिति गठन गरिएको छ।
 समितिलाई ६ साताभित्र पोस्ट डिजास्टर निड्स एसेसमेन्ट (पीडीएनए) प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको छ।

प्रारम्भिक तथ्यांकअनुसार बाढीका कारण हजारौं घर, सडक, पुल, कृषि भूमि तथा ऊर्जा आयोजनामा ठूलो क्षति पुगेको छ। साथै, घटनापछि करिब ५ हजार जना अझै बेपत्ता रहेको अनुमान गरिएको छ।

सरकारले पीडीएनए प्रतिवेदनका आधारमा पुनःस्थापना, पुनःनिर्माण तथा दीर्घकालीन पुनर्वासका कार्यक्रम अघि बढाउने जनाएको छ। बाढीलाई हालसम्मकै ठूलो प्राकृतिक विपत्तिमध्ये एक मानिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एलपी ग्यास उद्योगीप्रति मन्त्रीको अभिव्यक्तिमा संघको आपत्ति
5 घण्टा अगाडि

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...

छुटाउनुभयो कि ?

TOP