बेपत्ता कोरियाली नागरिकको खोजीबारे चासो लिएर दक्षिण कोरियाका विदेशमन्त्री काठमाडौंमा

बेपत्ता कोरियाली नागरिकको खोजीबारे चासो लिएर दक्षिण कोरियाका विदेशमन्त्री काठमाडौंमा

काठमाडौं। भोटेकोशी बाढीमा बेपत्ता भएका आफ्ना नागरिकको खोजी तथा उद्धारलाई प्राथमिक एजेन्डा बनाएर दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन तीन दिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौं आइपुगेका छन्।

भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग उच्चस्तरीय वार्ता गर्दै बेपत्ता नौ कोरियाली नागरिकको खोजीलाई थप प्रभावकारी बनाउने, उद्धार अभियानमा आवश्यक सहयोग विस्तार गर्ने तथा बाढी प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणबारे छलफल गर्ने कार्यक्रम रहेको छ। 

दक्षिण कोरियाका छ जना डुसान एनर्जिबिलिटी र तीन जना कोरिया साउथ–ईस्ट पावर कम्पनीका कर्मचारी भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन्। उनीहरूको खोजीका लागि कोरियाली उद्धार टोली हेलिकोप्टर, ड्रोन, खोजी कुकुर तथा अत्याधुनिक उपकरणसहित नेपाली निकायसँग संयुक्त रूपमा परिचालन भइरहेको छ। 

विदेशमन्त्री चोले बेपत्ता नागरिकका परिवार, उद्धार टोली र परियोजना कम्पनीका प्रतिनिधिसँग समेत भेट गर्ने कार्यक्रम छ। उनको भ्रमणलाई विपद्पछिको नेपाल–दक्षिण कोरिया सहकार्य र मानवीय सहयोगलाई थप सुदृढ बनाउने प्रयासका रूपमा हेरिएको छ। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एलपी ग्यास उद्योगीप्रति मन्त्रीको अभिव्यक्तिमा संघको आपत्ति
5 घण्टा अगाडि

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...

छुटाउनुभयो कि ?

TOP