काठमाडौँ । राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा पैदल हिँडिरहेकी युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ कलङ्की घर भएका ३० वर्षीय सालिन साह रहेका छन् ।
भदौ १८ गते ठमेलमा युवतीमाथि दुर्व्यवहार गरेको आरोप लागेका साहलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार साँझ पक्राउ गरेको हो ।
प्रहरीका अनुसार घटनाका बेला साह लामो कपालमा देखिएका थिए । तर पक्राउ पर्दा उनले कपाल छोटो बनाएका थिए । घटनापछि आफू घर गएर कपाल काटेको उनले अनुसन्धान अधिकृतहरूसँग बताएका छन् ।
ठमेलमा हिँडिरहेकी युवतीलाई ‘ब्याट टच’ गरेको तथा अपशब्द बोलेको दृश्यसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार हुलिया परिवर्तन गरेको अवस्थामा साहलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका व्यक्ति घटनामा संलग्न आरोपी नै हुन् कि होइनन् भन्ने यकिन गर्न पीडितलाई बोलाएर सनाखत गराउने तयारी गरिएको छ ।
उद्योगमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री बालेन शाहसमक्ष र ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!