काठमाडौं । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेश प्रदेशमा खानेपानी र सिँचाइको अवस्था अत्यन्त चुनौतीपूर्ण रहेको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेको छ।
समितिको अध्ययनअनुसार मधेश प्रदेशका करिब २० प्रतिशत घरधुरीमा मात्र सुरक्षित खानेपानीको पहुँच पुगेको छ। पर्याप्त सरकारी लगानीको अभावका कारण २०० भन्दा बढी खानेपानी तथा सिँचाइ आयोजना अधुरै रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
समितिका सचिव डा. रोजनाथ पाण्डेले आकाशे पानीमै निर्भर रहनुपर्ने वर्तमान अवस्थाले भविष्यमा खानेपानी र सिँचाइ दुवै क्षेत्रमा गम्भीर संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन्।
समितिले खानेपानी र सिँचाइका अधुरा आयोजना शीघ्र सम्पन्न गर्न, प्रभावकारी योजना निर्माण गर्न तथा दीर्घकालीन जलस्रोत व्यवस्थापनमा सरकारलाई विशेष ध्यान दिन आग्रह गरेको छ।
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन इस्कोन नेप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!