नागढुंगा–नौबिसे सडक भासिएपछि यातायात प्रभावित, पेट्रोलियम बोकेका गाडीलाई मात्रै अनुमति

नागढुंगा–नौबिसे सडक भासिएपछि यातायात प्रभावित, पेट्रोलियम बोकेका गाडीलाई मात्रै अनुमति

काठमाडौँ । नागढुंगा-नौबिसे सडकखण्डअन्तर्गत पातले वनमा सडक भासिएपछि यातायात सञ्चालन प्रभावित भएको छ। सडक भासिएसँगै उक्त स्थानमा सवारीसाधनलाई एकतर्फी रूपमा सञ्चालन गरिएको छ।

सडकको अवस्था जोखिमपूर्ण बनेपछि पेट्रोलियम पदार्थ बोकेका गाडीलाई मात्रै उक्त रुटबाट सञ्चालन गर्न दिइएको छ। अन्य सवारीसाधनलाई वैकल्पिक रूपमा सुरुङमार्ग हुँदै पठाउने तयारी भइरहेको जनाइएको छ।

घटनास्थलमा प्राविधिक टोली पुगेर सडकको अवस्था अध्ययन तथा आवश्यक व्यवस्थापनको काम गरिरहेको छ। सडक भासिएपछि नागढुंगा–नौबिसे हुँदै आवतजावत गर्ने यात्रुले थप समस्या र सम्भावित जामको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ। eng hashgats

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP