काठमाडौं । सुदूरपश्चिम प्रदेशमा विकसित राजनीतिक परिस्थितिका बीच सत्ता समीकरण र आगामी आर्थिक वर्षको बजेटबारे छलफल गर्न नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ। यससँगै प्रदेशको राजनीतिक अवस्था थप पेचिलो बनेको छ।
यता, मुख्यमन्त्री शाह नेतृत्वको सरकारले बिहीबार राति १२ बजेभित्र आगामी आर्थिक वर्षको बजेट प्रदेश सभाबाट पारित गरिसक्नुपर्ने संवैधानिक बाध्यता रहेको छ। बजेट समयमै पारित नभए प्रदेश सरकार थप संवैधानिक र राजनीतिक दबाबमा पर्ने अवस्था देखिएको छ।
यसैबीच, एमाले संसदीय दलको बैठकले सत्ता समीकरण, बजेटप्रति पार्टीको धारणा र आगामी रणनीतिबारे महत्वपूर्ण निर्णय लिन सक्ने अपेक्षा गरिएको छ।
धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने तयारी गरेका छन्। एमालेले सरका ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!