काठमाडौं । प्रतिनिधिसभाको बैठक साउन १४ गतेसम्मका लागि स्थगित गरिएको छ। बुधबार बसेको बैठकको अन्त्यमा सभामुख डीपी अर्यालले आगामी बैठक साउन १४ गते बस्ने सूचना संसदमा सुनाएका हुन्।
सभामुख अर्यालले बैठक स्थगित अवधिमा सांसदहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर जनताका समस्या, गुनासा र आवश्यकताबारे जानकारी लिन आग्रह गरेका छन्। उनले संकलित विषय आगामी बैठकमा सरकारको ध्यानाकर्षण गराउन पनि सांसदहरूलाई अनुरोध गरे।
यसअघि प्रतिनिधिसभा बैठक सुरु हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पनि साउन १४ गते अर्को बैठक बोलाउने सहमति गरेको थियो।
धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने तयारी गरेका छन्। एमालेले सरका ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!