एक हप्तामै आत्मदाह प्रयास गर्ने तीन जनाको मृत्यु !

एक हप्तामै आत्मदाह प्रयास गर्ने तीन जनाको मृत्यु !

 

पछिल्लो एक हप्तामा आत्मदाहको प्रयास गरेका तीन जनाले उपचारका क्रममा ज्यान गुमाएका छन्। वीर अस्पतालमा दुई जना र कीर्तिपुरस्थित बर्न अस्पतालमा एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा काठमाडौंको बुद्धनगरका ४५ वर्षीय आश्विन राउत, मुगुका गणेश नेपाली र सर्लाहीका विवेक मण्डल रहेका छन्।

आश्विन राउतले आफ्नै घरको भान्सामा आत्मदाहको प्रयास गरेका थिए। तत्काल प्रहरीले उद्धार गरी वीर अस्पताल पुर्‍याए पनि शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेका कारण उपचारकै क्रममा गत शनिबार उनको निधन भयो।

यस्तै, गणेश नेपालीले गत बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। उनलाई पनि तत्काल वीर अस्पतालमा भर्ना गरिएको थियो, तर उपचार सफल हुन सकेन।

सर्लाहीका विवेक मण्डललाई शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार आज राति करिब २ बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो।

यसैबीच, स्वास्थ्य सेवा विभागअन्तर्गतको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाको पछिल्लो विवरणअनुसार देशभरका स्वास्थ्य संस्थामा ३७ हजार ४३८ जना जलनका बिरामी उपचारका लागि पुगेका छन्।

तर, जलन उपचार गर्ने विशेषज्ञ चिकित्सकको अभाव भने अझै गम्भीर देखिएको छ। प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जन, जलन विशेषज्ञ, जनरल सर्जन र फिजियोथेरापिस्टजस्ता जनशक्तिको कमीका कारण प्रभावकारी उपचारमा चुनौती थपिएको सरोकारवालाहरू बताउँछन्।

विशेषगरी जलन उपचारको मुख्य जिम्मेवारी सम्हाल्ने प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जनको संख्या अत्यन्त न्यून रहेकाले स्वास्थ्य प्रणालीमाथि थप दबाब परेको छ।

यही थियो यो समाचार। थप ताजा र विश्वसनीय समाचारका लागि रेड मिडियासँग जोडिरहनुहोस्। धन्यवाद।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP