प्रधानमन्त्री शाहले उद्योगमन्त्रीलाइ पक्राउ गर्न दिएको आदेशको खुलासा !

प्रधानमन्त्री शाहले उद्योगमन्त्रीलाइ पक्राउ गर्न दिएको आदेशको खुलासा !

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई पक्राउ गर्न नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई निर्देशन दिएको दाबी सार्वजनिक भएको छ।

सुरक्षा स्रोत र घटनाबारे जानकार केही व्यक्तिका अनुसार पेट्रोलियम पदार्थको मूल्य आफूखुसी घटाएको तथा त्यससम्बन्धी सूचना चुहाएको आशंकामा प्रधानमन्त्री शाहले असार १६ गते राति मन्त्री यादवलाई तत्काल नियन्त्रणमा लिएर सोधपुछ गर्न निर्देशन दिएका थिए।

स्रोतका अनुसार राति करिब साढे १० बजे प्रधानमन्त्रीबाट आएको फोनपछि आईजीपी कार्कीले संगठनका उच्च अधिकारीसँग तत्काल छलफल गरेका थिए। त्यसपछि बहालवाला मन्त्रीलाई तत्काल पक्राउ नगरी निगरानीमा राख्ने निर्णय गरिएको बताइएको छ। सोही निर्णयअनुसार मन्त्री यादवको निवास वरपर सुरक्षा निगरानी बढाइएको स्रोतको दाबी छ।

सामान्यतया कुनै मन्त्रीमाथि अनियमितताको आशंका लागे स्पष्टीकरण माग्ने वा पदबाट हटाउने प्रक्रिया अपनाइने भए पनि बहालवाला मन्त्रीलाई सिधै पक्राउ गर्न निर्देशन दिइएको भनिएको घटनाले राजनीतिक तथा प्रशासनिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ।

यद्यपि प्रधानमन्त्रीको सचिवालय, उद्योग मन्त्रालय, नेपाल प्रहरी वा अन्य सम्बन्धित निकायले यस विषयमा आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्। त्यसैले पक्राउ गर्न निर्देशन दिइएको दाबी स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP