काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच लगातार दुई दिन लामो छलफल भएको स्रोतले जनाएको छ।
रास्वपा स्रोतका अनुसार शनिबार र आइतबार दुवै नेताबीच भएको छलफलमा सरकार सञ्चालनसँग सम्बन्धित विभिन्न समसामयिक विषयमा गहन कुराकानी भएको हो।
छलफलमा मन्त्रिपरिषद् पुनर्गठन, प्रधानमन्त्रीको सचिवालयलाई थप प्रभावकारी बनाउने तथा सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन योजना तयार गर्ने विषय मुख्य एजेन्डाका रूपमा उठाइएको स्रोतको दाबी छ।
रास्वपाका एक शीर्ष नेताका अनुसार केही मन्त्री परिवर्तन गर्ने विषयमा समेत छलफल भएको छ। साथै, सुकुम्बासी समस्या दीर्घकालीन रूपमा समाधान गर्न आवश्यक नीति, योजना र कार्यान्वयनका उपायबारे पनि विस्तृत संवाद भएको जनाइएको छ।
यद्यपि, प्रधानमन्त्रीको सचिवालय वा रास्वपाले यस विषयमा औपचारिक प्रतिक्रिया वा आधिकारिक पुष्टि भने सार्वजनिक गरेका छैनन्।
काठमाडौं । साउन महिनाको अन्तिम सोमबार भगवान् शिवको दर्शन गर्न आउने भक्तजनहरूको भीडले पशुपतिनाथ क्षेत ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!